
दैलेख । मेरुदण्डमा गम्भीर समस्या भएर उपचाररत नौमुले गाउँपालिका–२ का महेश थापामगरलाई जिल्ला प्रशासन कार्यालय दैलेखले एम्बुलेन्समै पुगेर नागरिकताको प्रतिलिपि उपलब्ध गराएको छ ।
प्रदेश अस्पताल सुर्खेतमा उपचाररत महेशलाई बैङ्क खाता खोल्न नागरिकताको प्रतिलिपि आवश्यक परेपछि उहाँलाई एम्बुलेन्समार्फत प्रशासन कार्यालय ल्याइएको थियो । हस्ताक्षर गर्नसमेत कठिन भएपछि प्रशासनका कर्मचारीले एम्बुलेन्समै पुगेर सबै प्रक्रिया पूरा गरी प्रतिलिपि हस्तान्तरण गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत रेशमबहादुर बुढाले आर्थिक अवस्था कमजोर भएका महेशलाई उपचारका लागि सहयोग जुटाउन बैङ्क खाता खोल्न आवश्यक परेको बताउनुभयो ।
प्रकाशित मिति : २०८३ वैशाख ३० गते बुधबार







