
दैलेख । चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ बस्तकोटस्थित श्री जनता माध्यमिक विद्यालयका विज्ञान शिक्षक विशाल विक्रम सावदले फेल भएका विद्यार्थीलाई पास गराउन दबाब आएको भन्दै राजीनामा दिनुभएको छ ।
प्रधानाध्यापकलाई बुझाएको राजीनामा पत्रमा उहाँले पालिकाबाट शिक्षकको अपमान हुने गरी दबाब आएको उल्लेख गर्नुभएको छ । “म अभाव सहन्छु, तनाव होइन,” भन्दै उहाँले नैतिकताको आधारमा जेठ २ गतेदेखि लागू हुने गरी पद त्याग गरेको बताउनुभएको छ ।
संघीय अनुदानमा करार शिक्षक रहनुभएका सावद २०८० मंसिरदेखि विद्यालयमा कार्यरत हुनुहुन्थ्यो ।

प्रकाशित मिति : २०८३ वैशाख ३१ गते बिहीबार







