
दैलेख कात्तिक १२ गते । नारायण नगरपालिका–११ देखि दैलेख सदरमुकाम पुग्ने सडक मर्मत नहुँदा स्थानीय बासिन्दाले सास्ती बेहोर्नु परेको छ । सडक मर्मत नहुँदा आवतजाउतमा समस्या भएको स्थानियले गुनासो गरेका छन् ।
बर्खायाममा नारायण नगरपालिका–११ देखि दैलेख बजार पुग्नसमेत जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको नारायण नगरपालिका –११का मानबहादुर बिष्टले बताउनुभयो । उहाँले वडा सरकारले पटक पटक डोजर ल्याएर सडक गर्छु भनेर सडक निर्माणको नाममा चरम बेथिती गरेको देखिएको बताउनुभयो । उहाँले यो सडक वर्षौं देखि निर्माण नहुँदा स्थानीयले हिउँदमा धुलो र बर्खामा हिलो खेप्न बाध्य भएको बताउनुभयो । उहाँले राज्यले लगानी थुप्पै गरेपनि सडक मर्मतमा सरकार गम्भीर बन्नुपर्ने सुझाव दिँदै स्थानीय सरकारले यो सडक सुधार गरिदिन आग्रह गर्नुभयो । उहाँले वडाध्यक्षले सडक मर्मत गर्छु भनेर डोजर मात्र देखाउने गरेको बाटो मर्मत नगरेको समेत आरोप लगाउनुभयो ।
यस्तै नारायण नगरपालिका –११का स्थानिय हेमराज अधिकारीले जनप्रतिनिधीले कसिसनको लोभमा सडक निर्माण हुन नसकेको आरोप लगाउनुभयो । स्थानीय अधिकारी भन्नुहन्छ, “सडककै कारण दैलेख सदरमुकाम जानसमेत सकिँदैन। बर्खामा हिलाम्मे, हिउँदमा धुलाम्ये सडकले नागरिकले सास्ती भएको छ।” उहाँले बर्षायामका कारण सडक खाल्टाखुल्टीले भरिएका छन् भने कतिपय स्थानमा हिलाम्मे र चिप्लो बनेका कारण सवारीसाधन सञ्चालनमा समस्या देखिने गरेको गुनासो गनुभयो ।
सडक निर्माण लागी वडा सरकार लागी परेको नारायण नगरपालिका–११का वडाध्यक्ष दिर्घबहादुर मल्लले बताउनुभयो । उहाँले सडक मर्मत नहुँदा यात्रुलाई समस्या भएको अब छिटै सडक मर्मत गरिने बताउनुभयो ।उहाँले हिलाम्मे भएको सडक क्षेत्रमा नियमित गाडी सञ्चालनका लागि काम सुरु भएको अबको केही दिनभित्र मर्मत कार्य गर्ने बताउनुभयो ।
सडक मर्मत नहुँदा दैलेख सदरमुकाम देखि नारायण नगरपालिका –११, नौमूले गाँउपालिका–८ चौराठा सम्म जाने नागरिकलाई समेत सास्ती भोग्नुपरेको छ ।







