२०८३ जेठ १९ , मंगलबार

नगरपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र



दैलेख । दैलेखको आठविस नगरपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र परेको छ । करिब दुई वर्षदेखि नगरपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र परेको हो ।
नगरपालिकाले अबिशा निर्मांण सेवालाई ठेक्का सम्झौता गरेर पहिलो पटक २०८१ साल चैत मसान्त सम्म काम सम्पन्न गर्न अनुमति दिएको थियो । नगरपालिका र निर्माण कम्पनीको बिवादका कारण भवन निर्माण हुन सकेन ।
नगरपालिका र निर्माण कम्पनीको लापरबाहीका कारण तेस्रो पटक म्याद थप हुँदा समेत काम सम्पन्न नहुँदा निर्माणाधीन भवन अलपत्र परेको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार माझीले बताउनुभयो । उहाँले करिब१० करोड७१लाख लागतमा निर्माण सुरु गरिएको प्रशासनिक भवनका लागि सङ्घीय सरकारले ५०प्रतिशत र नगरपालिकाको ५० प्रतिशत अनुदानमा निर्माण सुरु भएको बताउनुभयो ।
उहाँले तेस्रो पटक म्याद थप गरेर पनि कार्यपालिकाको निर्णय नहुँदा भवन पूर्ण रूपमा निर्माण हुन नसकेकोले बताउनुभयो । उहाँले आर्थिक समस्याका कारण भवन देखि भवन निर्माणका लागी इटा लगाउने वा स्थानिय ब्ल्क हाल्ने अन्योलको कारण ढिलाई भएकको बताउनुभयो ।

नगरपालिकाले अबिशा निर्मांण सेवालाई नगरपालिकाले तेस्रो पटक यहि चैत१८ म्याद थप गरेर २०८३असोज मसान्त सम्म काम सम्पन्न गर्न अनुमति दिएको छ । नगरपलिकाबाट ६करोड भूत्तानी दिएको पनि अहिले सम्म भौतिक प्रगती करिब५० प्रतिशत भन्दा बढी काम भएको छ ।
नगरपालिकाको सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन निर्माण सुरु गरिएको प्रशासकीय भवन लामो समयसम्म अधुरै रहँदा स्थानीय नागरिक चिन्तित बनेका छन्। निर्माण सम्पन्न नहुँदा जनताले सहज रूपमा सेवा लिन नपाएको गुनासो समेत बढ्दै गएको छ।सम्बन्धित निकायले समयमै चासो दिएको भए भवन निर्माण सम्पन्न भएर अहिले जनताले सेवा लिन सहज हुने स्थानीयको गुनासो छ । सरोकारवाला निकाय जिम्मेवार बनेका भए दुई वर्षसम्म भवन अलपत्र नहुने स्थानीयको आक्रोस छ ।

प्रकाशित मिति : २०८३ जेठ ४ गते सोमबार
प्रतिक्रिया