२०८३ जेठ १९ , मंगलबार

दैलेखमा आत्महत्याका घटना बढ्दै



 

दैलेख। दैलेखमा आत्महत्याका घटना बढ्दै गएका छन् । मानसिक तनाव, पारिवारिक समस्या तथा आर्थिक असहजताका कारण आत्महत्याका घटना वृद्धि भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले सार्वजनिक गरेको २०८३ वैशाखको विवरण अनुसार वैशाखमा मात्रै आठ जनाले आत्महत्या गरेका छन् ।
पछिल्ला महिनामा आत्महत्याका घटना बढ्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेशबहादुर बरालले बताउनुभयो । उहाँले बेरोजगारी,व्यवसायमा असफलता, घरायसी विवाद, पारिवारिक विछोड तथा मानसिक समस्या जस्ता कारणले आत्महत्याका घटना बढिरहेका जनाउनुभयो ।
जिल्लामा विशेष गरी फागुन र चैतमा यस्ता घटना बढी हुने गरेको तथ्याङ्कले देखाएको उहाँको भनाइ छ । जिल्ला प्रहरी कार्यालय अनुसार आर्थिक वर्ष २०८२/८३ मा २८ जनाले आत्महत्या गरेका छन् ।

यसैबिच दैलेख प्रहरीले एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३९८सवारीसाधनलाई कारबाही गरेको जनाएको छ।  वैशाखभर सञ्चालन गरिएको विशेष चेकजाँच अभियानका व्रmममा ती सवारीसाधन कारबाहीमा परेका हुन् ।

प्रकाशित मिति : २०८३ जेठ ५ गते मंगलबार
प्रतिक्रिया