२०८३ जेठ १९ , मंगलबार

विद्यार्थी कम भएपछि १२सामुदायिक विद्यालय समायोजन



दैलेख। दैलेखको दुल्लु नगरपालिकाले विद्यार्थीको संख्या न्युन भएका विद्यालयहरु समायोजन गर्न थालेको छ । नगरपालिकाको २०८३ वैशाख ३१ गतेको निर्णयअनुसार शैक्षिक सत्र २०८३ देखि लागू हुने गरी विद्यालय समायोजन, दरबन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापन कार्य अघि बढाइएको हो ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार विद्यालय समायोजन तथा तह मिलान सम्बन्धी कार्यविधि–२०८३ को दफा५बमोजिम विभिन्न विद्यालयहरू एकआपसमा समायोजन गर्ने निर्णय गरिएको जनाएको छ । नगरपालिकाले जारी गरेको विवरणअनुसार नरगालिका भित्रका करिब एक दर्जन विद्यालय समायोजन गरिएको छ।

दूल्लु नगरपालिका भित्रका मालिका आधारभूत विद्यालय, दुल्लु नगरपालिका–२ लाई भनेश्वर माध्यमिक विद्यालय दुल्लु–२ मा समायोजन,विन्द्रा वासिनी आधारभूत विद्यालय, दुल्लु–१० लाई पञ्चकोशी ज्वाला माध्यमिक विद्यालय गमौडीमा समायोजन भैरव आधारभूत विद्यालय, दुल्लु–११ लामागडा लाई भानु माध्यमिक विद्यालय कालेखोलामा समायोजन दिपेन्द्र आधारभूत विद्यालय, दुल्लु–११ भूकाहालाई ज्वाला आधारभूत विद्यालय भूकाहामा समायोजन दिपज्योति आधारभूत विद्यालय, दुल्लु–१२ लम्सुलाई सूर्योदय माध्यमिक विद्यालय लम्सुमा समायोजन देउतीस्थान आधारभूत विद्यालय, दुल्लु–१३ बाँसकाकोटलाई कालिकादेवि माध्यमिक विद्यालय हाडेआवतमा समायोजन माईभगवती आधारभूत विद्यालय, दुल्लु–१० लाई इन्द्रज्वाला आधारभूत विद्यालय राजाकाँधमा समायोजन जनकल्याण आधारभूत विद्यालय, दुल्लु–११ तुन्धारालाई सरस्वती देवी माध्यमिक विद्यालय विनायकमा समायोजन समायोजन गरिएको छ ।

यसैगरी नवदुर्गा आधारभूत विद्यालय, दुल्लु–९ भजर्निया लाई प्रेमदेवी माध्यमिक विद्यालय धामीगाउँमा भैरव आधारभूत विद्यालय, दुल्लु–१२ दहलाई सूर्योदय माध्यमिक विद्यालय लम्सुमा समायोजन नरेश्वर उधमशिल माध्यमिक विद्यालय, दुल्लु–२ को सरस्वती माध्यमिक विद्यालय कृष्णकोटमा भने प्रेमदेवी माध्यमिक विद्यालय, दुल्लु–९ धामीगाउँलाई नेपाल राष्ट्यि माध्यमिक विद्यालय किर्तीखम्बमा समायोजन गरिएको नगरपालिकाले जनाएको छ ।

विद्यार्थी संख्या, शैक्षिक गुणस्तर सुधार गर्न , भौगोलिक अवस्था ,विद्यालय व्यवस्थापनलाई व्यवस्थित तथा स्रोत साधनलाई मध्यनजर गर्दै समायोजन प्रक्रिया अघि बढाइएको नगरपालिका प्रमुख प्रसासकीय अधिकृत पदम बहादुर बुढा क्षेत्रीले बताउनुभयो । उहाँले आधारभूत तह सञ्चालन भएका केही विद्यालयलाई नजिकका माध्यमिक तथा आधारभूत विद्यालयमा गाभ्ने, तह घटाउने तथा कक्षा समायोजन गर्नेे बताउनुभयो । उहाँले विद्यालय, शिक्षक, अभिभावक तथा सरोकारवालालाई निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

विद्यालयको भौगोलिक अवस्था, विद्यार्थी सङ्ख्यालाई आधार मानेर विद्यालयलाई समायोजन गरिएको नरपालिकाले जनाएको छ । जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी संख्या निरन्तर घट्दै जाँदा कक्षाकोठा रित्तो बन्न थालेका छन् । “पालिकाका केही आधारभूत र केही मावि तहकै विद्यालयमा पनि विद्यार्थी संख्या अति न्यून छ ।

प्रकाशित मिति : २०८३ जेठ ६ गते बुधबार
प्रतिक्रिया