२०८३ जेठ १९ , मंगलबार

नागरिकको सेवा र शान्ति सुरक्षामा प्रहरी सधैं सक्रिय हुने



दैलेख, जेठ ९ गते । जिल्ला प्रहरी कार्यालय दैलेखका  प्रहरी नायव उपरीक्षक डीएसपी श्रवण कुमार विकले प्रहरी संगठन नागरिकको सेवा, शान्ति सुरक्षा र अपराध नियन्त्रणमा सदैव सक्रिय रहेको बताउनुभएको छ ।जिल्ला प्रहरी कार्यालय दैलेखमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले नागरिकले सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नु प्रहरीको पहिलो दायित्व भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो “प्रहरीले नागरिकका सेवा, शान्ति सुरक्षाका विषयमा जहिल्यै काम गरिरहेको छ, आगामी दिनमा पनि नागरिकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाइनेछ।”
उहाँले पछिल्लो समय समाजमा लागुऔषध दुव्र्यसन चुनौतीका रूपमा देखिन थालेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि प्रहरीको प्रयास मात्रै पर्याप्त नहुने बताउनुभयो । लागुऔषध नियन्त्रणका लागि अभिभावक, शिक्षक, स्थानीय तह, नागरिक समाज, सञ्चारकर्मी तथा युवाहरु सबैको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो ।

डीएसपी विकले विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै युवापुस्तालाई कुलतबाट जोगाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप विश्वासिलो बनाउँदै कानुनी शासन कायम गर्न प्रहरी प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

प्रकाशित मिति : २०८३ जेठ ९ गते शनिबार
प्रतिक्रिया