२०८३ जेठ १९ , मंगलबार

शिक्षकले पाएनन् एक बर्षदेखि तलब



 

दैलेख । दैलेखको ठाटिकाँध गाउँपालिकामा गाउँपालिकाको अनुदानमा कार्यरत शिक्षकहरूले विगत एक वर्षदेखि तलब नपाएको गुनासो गरेका छन् । पालिका भित्रका रहेका सामुदायिक विद्यालयका शिक्षकले विगत एक वर्षदेखि तलब नपाएका हुन् ।लामो समयसम्म पारिश्रमिक नपाउँदा शिक्षकहरू आर्थिक संकटमा परेका छन् भने विद्यालयको पठनपाठन व्यवस्थापनमा समेत असर पर्न थालेको छ ।पालिकाअन्तर्गत विभिन्न विद्यालयमा कार्यरत अनुदान शिक्षकहरूले नियमित रूपमा विद्यालयमा उपस्थित भएर अध्यापन गराउँदै आए पनि आफूहरूले एक वर्षदेखि तलब नपाएको बताएका छन् ।

गाउँपालिकाको अनुदानमा आफ्नो विद्यालयान कार्यरत६जना शिक्षकले एक बर्ष देखि तलब सुविधा नपाएको ठाटिकाध गाँयपालिका–६ स्थीत रहेको मालिका माविका प्रधानाध्यापक धिरबहादुर शाहीले बताउनुभयो । उहाँले असारदेखि तलब भत्ताका नाममा एक पैसा पाउन सकेका कारणले शिक्षा क्षेत्रमा समस्या भएको बताउनुभयो । उहाँले शिक्षकहरूले भने चाँडोभन्दा चाँडो तलब निकासा गरी आफूहरूको समस्या समाधान गर्न सम्बन्धित निकायसँग माग गरेका गर्नुभयो । उहाँले शिक्षकका माग समयमै पूरा नगरे अन्य आन्दोलनका कार्यक्रम अघि सार्ने बताउनुभयो ।

यस्तै तलब नपाउँदा आफ्नो दैनिक जनजीवन नै प्रभावित हुने गरेको दशरथ मावि ठाटिकाँध–२मा कार्यरत शिक्षक हिम बहादुर शाही जानकारी दिनुभयो । उहाँले शिक्षकहरूको हकमा भने पहिला/पहिला चार/चार महिनामा र अचेल आठ महिनामा तलब दिने गरिएकामा पनि पालिकाले एक बर्ष देखि तलब नदिएको बताउनुभयो ।उहाँले तलब नपाउँदा घरपरिवारको खर्च धान्न कठिन भएको बताउनुभयो। उहाँले विद्यालयमा नियमित रूपमा पढाउन आउँछौँ, जिम्मेवारी पूरा गरिरहेका छौँ, तर वर्षदिनसम्म तलब नपाउँदा निकै समस्या भएको बताउनुभयो।
शिक्षकहरूले राज्यले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्ने बताए पनि स्थानीय तहबाट कार्यरत शिक्षकहरूको समस्या बेवास्ता गरिएको गुनासो गरेका छन् । तलब नपाउँदा शिक्षकहरूको मनोबल घट्दै गएको र त्यसको प्रत्यक्ष असर विद्यार्थीको सिकाइ प्रक्रियामा समेत पर्ने सरोकारवालाहरूको भनाइ छ ।

ठाटिकाँध गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत तुलसी प्रसाद उपाध्यायले बजेट अभाव तथा प्रशासनिक प्रक्रियाका कारण तलब वितरणमा ढिलाइ भएको बताउनुभयो । उहाँले पालिका अन्र्तरग अनुदान शिक्षकहरूको तलब निकासाका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको र समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो । उहाँले पालिका बजेट नभएको यो पटक भूक्तानी नसकिने बताउनुभयो । गाउँपालिकाभित्र रहेका ३७ वटा सामुदायिक विद्यालयमा कार्यरत करिब ७३ जना अनुदान शिक्षक तलबविहीन बनेका हुन् ।

प्रकाशित मिति : २०८३ जेठ १२ गते मंगलबार
प्रतिक्रिया