२०८३ भदौ २७ , शनिबार

काभा महिला भलिबल : सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वी इरान



 

काठमाडौँ । नेपालले काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा इरानसँग प्रतिस्पर्धा गर्नेभएको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा सोमबार भएको समूह ए को खेलमा भारतले किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराएपनि नेपाल समूह उपविजेता बन्यो । नेपालले सेमिफाइनलमा समूह बीको विजेता इरान प्रतिद्वन्द्वी पाएको हो ।

अर्को खेलमा इरानले काजजस्तानलाई ३–० कै सोझो सेटमा हरायो । अर्को सेमिफाइनलमा समूह ए को विजेता भारत र समूह बी को उपविजेता काजकस्तानबिच प्रतिस्पर्धा हुनेछ । दुवै सेमिफाइनल खेल जेठ १४ गते हुनेछ ।

प्रकाशित मिति : २०८३ जेठ १२ गते मंगलबार
प्रतिक्रिया