
दैलेख कात्तिक १३गते । अधिकांश बेरोजगार युवाहरुका लागि अटोरिक्सा स्वरोजगारीको प्रमुख माध्यम बन्दै गएको छ । जिल्लामा अटोरिक्सा भित्रिएपछि धेरै बेरोजगार युवाहरुले अटोरिक्सालाई रोजगारीको माध्यम बनाएका हुन् ।अटोरिक्साबाट भनेजस्तै आम्दानी भएपछि जिल्लामा युवाहरु अटोरिक्सातर्फ आकर्षित भएका छन् । वैदेशिक रोगजारीबाट फर्केका अधिकांस युवाहरु अहिले आफ्नै ठाउँमा अटो सञ्चालन गरेर स्वरोजगार बनेका हुन् ।
छ वर्ष काम गरेर यूएईबाट घर फर्केका नारायण नगरपालिका–९साडुका३७ वर्षीय रामलाल विक अटोरिक्सा चलाएर पछिल्लो समयमा मासिक३०देखि३५हजार कमाउदै आउनुभएको छ । बिदेशमा सोचेजस्तो कमाई नभएपछि दिक्क भएर फर्कनु भएका उहाँले पछिल्लो समयमा आफ्नो सबै खर्च कटाएर दैनिक एक हजार देखि माथि१५सय रुपैयाँ सम्म बचत हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो “आफनै देशमा सानो भएपनि काम गरेर कमाउन अहिले अटोरिक्सामै रमाइरहेको छु ।”विदेशमा जस्तोसुकै काम गर्न तयार हुने युवाहरु स्वदेशमा भने हिचकिचाउने गरेको उहाँको बुझाइ छ ।
यस्तै नारायण नगरपालिका–२कुसाडाका ५२वर्षीय चक्र बहादुर गौतम बिदेशबाट घर फर्केपछि सात बर्ष यतादेखि निरन्तर अटोरिक्सा चलाउन सुरु गरेदेखि मनग्य आम्दानी भएको बताउनुभयो । अकार्को देशमा गएर दुख गरेको भन्दा स्वदेशमै अटोरिक्साबाट थोरै भएपनि आम्दानी गर्न सफल भएको उहाँको जनाउनुभयो । स्वरोजगारका लागि मेहनत गर्छु भन्नेका लागि अटो रिक्सा राम्रो व्यवसाय भएको गौतमको भनाइ छ ।
डुङ्गेश्वर गाउँपालिका–१चुप्राका राजेश बराल आठ बर्ष पहिले काम गर्न भारतमा जानुहुन्थ्यो । आठ बर्ष काम गरेर घर फर्किदा भने रित्तै फर्किनुपर्ने बाध्यता रहेको भन्दै उहाँले तर अहिले अटोरिक्सा चलाउँदै मासिक ४०देखि४५ हजार रुपियाँसम्म आम्दानी गरेको सुनाउनुभयो । घरमै स्वरोजगार बनेपछि परिवार संग बसेर रमाउन पाएको उहाँको भनाई छ ।
दैलेखमा पछिल्लो समयमा धेरै जसो युवाहरु अटोरिक्सा चलाएर स्वरोजगार बनेका छन् । जिल्लामा एकिन तंथ्याक नभएपनि १५०भन्दा बढी युवाहरुले पाँच लाख देखि सात लाख रपौयाँको लागतमा अटोरिक्सा खरित गरेर संचालन गरि स्वोजरगार बनेका छन् ।







