२०८३ जेठ १९ , मंगलबार

नगरस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगिता सम्पन्न



दैलेख। दैलेखमा नगरस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगीता सम्पन्न भएको छ ।नारायण नगरपालिका शिक्षा शाखा दैलेखको आयोजनामा नगरस्तरीय विज्ञान प्रदर्शनी तथा प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो ।

त्रिभुव माध्यमिक विद्यालय नारायण नगरपालिका–१ मा आयोजित कार्यक्रममा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको विद्यालयका साहायक प्रधानाध्यापक शक्ती बुढाले बताउनुभयो । उहाँले कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुको  सहभागिता रहेको बताउनुभयो ।उहाँले विद्यार्थीहरुले कक्षाकोठामा सिकेका सिद्धान्तलाई वास्तविक जीवनका समस्यासँग जोडेर समाधान खोज्न सिकाउने उद्देश्ले कार्यक्रम गरिएको बताउनुभयो ।
उहाँले चित्रकला प्रतियोगिता कक्षा ६–८० अन्तर्गत त्रिभुवन माविका अंकिता शर्मा प्रथम, जनता आविका संकर सुनार दोस्रो, जनता आविका बिन्दु बादी तृतीय फूलबारी बिध्यामन्दिरका सरस्वती थापा सान्त्वना स्थान हासिल गर्न सफल भएको बताउनुभयो।

 


त्यसैगरी विज्ञान प्रदर्शनी कार्यक्रम कक्षा ९–१२अन्तर्गत त्रिभुवन माविका मधुसोधन भट्राई , नारायण आचार्यको प्रथम हुनुभएको छ । फुलबारीका आज्ञा थापा र आयोही सिंहको समूह द्वितीय तथा पुष्पा रावत र लक्ष्मी रावलको समूह तृतीय हुनुभएको हो । यस्तै, नेरा माविका रोशन बस्नेत र दीप शर्माको समूहले सान्त्वना स्थान हासिल गरेको आयोजकले जनाएको छ ।

विज्ञान शिक्षाले विद्यार्थीमा सिर्जनशीलता, अनुसन्धान तथा व्यवहारिक ज्ञानको विकास गर्ने नारायण नरपालिका शिक्षा शाखा प्रमुख पुर्णप्रसाद उपाध्यायले बताउनुभयो । उहाँले नगरपालिकाले यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा भविष्यमा दक्ष वैज्ञानिक, प्राविधिक तथा नवप्रवर्तनकर्ता उत्पादन गर्न विद्यालय स्तरबाटै विज्ञान र अनुसन्धानमा आकर्षण बढाउनुपर्ने नारायण नगरपालिका नगरप्रमुख लोमन शर्माले बताउनुभयो । उहाँले विद्यार्थीभित्र रहेको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न कार्यक्रमले महत्वपूर्ण अवसर प्रदान गरेको बताउँदै विज्ञान तथा प्रविधिको प्रयोगात्मक ज्ञान विकासमा यस्ता प्रतियोगिता उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : २०८३ जेठ १४ गते बिहीबार
प्रतिक्रिया