
दैलेख । गणतन्त्र दिवसको अवसरमा दैलेख सदरमुकाम क्षेत्रमा सरसफाई कार्यक्रम सञ्चालन गरिएको छ । गणेशचोकदेखि देवकोटा चोकसम्मको बजार क्षेत्रमा सरसफाई गरिएको हो ।
बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले सदरमुकामभित्रका सडक तथा सार्वजनिक स्थानमा सरसफाई गरिएको जिल्ला समन्वय समिति दैलेखका उपप्रमुख केशव शाहीले बताउनुभयो । उहाँले गणतन्त्र दिवसलाई भव्य र सभ्य रूपमा मनाउन सबैमा आग्रह गर्नुभयो । उहाँले गणतन्त्र दिवस केवल औपचारिक कार्यक्रममा सीमित नभई सामाजिक उत्तरदायित्वसँग जोडिनुपर्ने बताउँदै सरसफाई जस्ता सकारात्मक गतिविधिले नागरिकमा सचेतना फैलाउने उल्लेख गर्नुभयो ।
उहाँले कार्यक्रममा क्रियाशील राजनीतिक दल, सरकारी तथा गैरसरकारी संस्था, युवावर्ग तथा आम नागरिकलाई सक्रिय सहभागिता जनाउन आग्रह समेत गर्नुभयो ।

गणतन्त्र लिवश २०८३मुल समारोह समिती दैलेखको आयोजनमा सञ्चालन गरिएको सरसफाई कार्यक्रममा स्थानीयवासी, विभिन्न संघ–संस्था तथा सरोकारवालाको सहभागिता रहेको जनाएको छ ।







