दैलेख कात्तिक १४ गते । जिल्ला प्रशासन कार्यालयले दैलेखले सरकारी सवारी साधनको दुरुपयोग रोक्न कार्यबिधि बनाएको छ । पछिल्लो समयमा सरकारी सवारीसाधनको दुरुपयोग बढरदै गएपछि दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको नेतृत्वमा बसेको बैठकले दुरुपयोग रोक्न कार्यबिधि बनाएको हो ।
बैठकले जिल्लामा पछिल्लो समयमा सरकारी सवारीसाधनको दुरुपयोग बढेको पाइएपछि दुरुपयोग रोक्न कार्यविधि देखि लिएर १० बुदे निर्णय गरेको दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो । उहाँले जिल्ला बाहिर बिदाका दिन सरकारी गाडी गुडाउदा जिल्ला प्रशासन कार्यालयसँग अनिर्बाय रुपमा लकबुक भनुपर्ने बताउनुभयो । उहाँले अनुमति बेगर सरकारी गाडी चलाउनेलाई कडा कारबाही हुने बताउनुभयो ।
कार्यविधिमा जिल्लाका सबै सरकारी कार्यालयहरुका सवारी साधनको दर्ता नवीकरण अध्यावधिक गर्ने, लाइसेन्स प्राप्तलाई मात्र चलाउन दिने, लकबुक अनिवार्य भनुपर्ने, सवारी साभन असम्वन्धित व्यक्तिलाई प्रयोग गर्न नदिने, दुरुपयोग भएमा कारवाही गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गैह्रेको भनाई छ ।उहाँले कार्यालयमा सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्या कमीकमजोरी बारे गुनासो सुनुवाइ र समस्याको सम्बोधन गर्न जिल्ला प्रशासन र सम्वन्धित निकायबाट आवश्यक पहल गरी समाधान खोज्ने, आवश्यक परे कानूनी प्रक्रियामा लैजाने निर्णय गरिएको बताउनुभयो ।
यस्तै जिल्लामा हुने कार्यक्रममा फूलमाला र खादा प्रयोग नगर्ने अति आवश्यक अवस्थामा प्राकृतिक फूलको प्रयोग गर्ने, सेवा दिइरहेका व्यवसाय र फर्महरुको अनुगमन गरी दर्ता तथा नवीकरण गराउन लगाउने र अटेरी गर्नेलाई कडाई गरिने जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।
प्रकाशित मिति : २०८२ कात्तिक १४ गते शुक्रबार







