२०८३ जेठ १९ , मंगलबार

लंका प्रिमियर लिगमा सन्दीप, दीपेन्द्र र कुशल खेल्ने



काठमाडौं । नेपालका तीन क्रिकेट खेलाडी श्रीलंकाको लंका प्रिमियर लिगमा खेल्ने भएका छन् । । स्पिनर सन्दीप लामिछाने, अलराउन्डर दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल लंका प्रिमियर लिग एलपीएल मा बिक्री भएका छन् ।

दीपेन्द्रलाई जाफ्ना किङ्सले र भुर्तेललाई कोलम्बो क्याप्सले खरिद गरेका हुन् । स्पिनर सन्दीप लामिछाने र दीपेन्द्र एउटै टिममा छनोट भएका छन् ।

सन्दीप लामिछाने गोल्ड क्याटेगोरीमा सर्टलिस्ट भएका थिए भने दीपेन्द्र र कुशल एसोसिएट्स क्याप विधाबाट छनोट गरिएका हुन् । यो विधामा बेस प्राइस १५ हजार अमेरिकी डलर रहेको छ ।

प्रकाशित मिति : २०८३ जेठ १९ गते मंगलबार
प्रतिक्रिया