२०८३ जेठ २२ , शुक्रबार

आत्महत्या न्यूनीकरणका लागि समुदायस्तरमै सचेतना



 

दैलेख । दैलेख जिल्लामा पछिल्लो समय आत्महत्याका घटनाप्रति बढ्दो चिन्ता देखिएसँगै समुदायस्तरमा सचेतना अभिवृद्धि गर्ने अभियानलाई तीव्रता दिइएको छ। जिल्ला प्रहरी कार्यालयले आत्महत्या न्यूनीकरण गर्ने उद्देश्यले दुल्लु नगरपालिका–११ हाँचीमा सचेतनामूलक कार्यक्रम गरेको हो।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आत्महत्याका कारण, यसले व्यक्ति, परिवार तथा समाजमा पार्ने असर, मानसिक तनाव व्यवस्थापनका उपाय र आत्महत्या रोकथामका विभिन्न पक्षबारे जानकारी प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख श्रवण कुमार विकले बताउनुभयो ।

उहाँले मानसिक तनाव, पारिवारिक समस्या वा अन्य मनोसामाजिक चुनौतीका कारण समस्या उत्पन्न हुन सक्ने भएकाले समयमै परिवार, समुदाय तथा सम्बन्धित निकायसँग सहयोग लिन आवश्यक रहेको बताउनुभयो। उहाँले उहाँले मानसिक स्वास्थ्यप्रति सकारात्मक सोच विकास गर्दै समस्याको समाधानका लागि खुला संवाद गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले जिल्लाभरि यस्ता खाले कार्यक्रम निरन्तर दिईने बताउनुभयो ।प्रहरी प्रमुख विकका अनुसार समुदाय र प्रहरीबीचको सहकार्यलाई सुदृढ बनाउँदै आत्महत्या न्यूनीकरण गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएका छन्।

यसैगरी जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार२०८३ वैशाख महिनाको प्रगति विवरणअनुसार वैशाख महिनामात्रै जिल्लाभित्र ८ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय अनुसार आर्थिक वर्ष २०८२–८३मा२८जनाले आत्महत्या छन् । जिल्लामा आत्महत्या रोकथाममा परिवार, विद्यालय, समुदाय र सरोकारवाला निकायको संयुक्त प्रयास आवश्यक स्थानियको भनाई छ ।

प्रकाशित मिति : २०८३ जेठ २१ गते बिहीबार
प्रतिक्रिया