२०८३ भदौ २८ , आइतबार

अवैध गाँजा खेती फँडानी गरी नष्ट



 

दैलेख। प्रहरीले दैलेखमा अवैध रूपमा लगाइएका गाँजाका बोट फँडानी गरी नष्ट गरेको छ। जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, लर्क क्षेत्रको आसपासका क्षेत्रहरुमा अवैधरुपमा लगाइएका गाँजा फँडानी गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

बिभिन्न सार्वजनिक स्थानमा  करिब ४५० बोट  गाँजाका बोट फँडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण तथा अवैध गाँजा खेती निरुत्साहित गर्ने उद्देश्यले जिल्लाका विभिन्न क्षेत्रमा यस्ता अभियानलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

उक्त अभियानमा -३ का वडाध्यक्ष दीपबहादुर शाही तथा स्थानीय बासिन्दाहरूको समेत सहभागिता रहेको थियो।

प्रकाशित मिति : २०८३ जेठ २२ गते शुक्रबार
प्रतिक्रिया