२०८३ जेठ ३० , शनिबार

विश्व वातावरण दिवसमा वृक्षारोपण



दैलेख। विश्व वातावरण दिवसको अवसरमा हुम्लामा वृक्षारोपण कार्यक्रम सम्पन्न् गरिएको छ। “प्रकृतिबाट प्रेरित, जलवायुका लागि, हाम्रो भविष्यका लागि” भन्ने मूल नारासहित डिभिजन वन कार्यालय दैलेखको आयोजनामा दिवस मनाइएको हो।

वातावरण संरक्षण र जलवायु परिवर्तनका विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना डिभिजन वन कार्यालय दैलेखका प्रमुख अम्मर शाहले बताउनुभयो । उहाँले वातावरण संरक्षणका लागि यस्ता कार्यक्रम उपयोगी हुने बताउनुभयो । उहाँले वातावरण संरक्षण वर्तमान पुस्ताको आवश्यकता मात्र नभई भावी पुस्ताप्रतिको दायित्वसमेत भएको उल्लेख गरे। उनले हरित प्रदेश निर्माणका लागि वृक्षारोपण अभियान र जनसहभागितालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

विश्वभर हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसको अवसरमा दैलेख सदरमुकाममा प्रभातफेरी, वृक्षारोपण तथा वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक गतिविधि सञ्चालन गरिएको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले वन, जलस्रोत र स्वच्छ हावा मानव जीवनका आधारभूत आवश्यकता भएकाले वातावरण संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

दिवसको अवसरमा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूले वृक्षारोपण गरेका थिए। डिभिजन वन कार्यालयले वृक्षारोपणका लागि आवश्यक बिरुवा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको छ।

संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि मनाउन थालिएको विश्व वातावरण दिवस वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइन्छ। यस वर्ष पनि दैलेखमा वृक्षारोपण, सचेतना र संरक्षणको सन्देशसहित दिवस मनाइएको हो।

प्रकाशित मिति : २०८३ जेठ २३ गते शनिबार
प्रतिक्रिया