२०८३ जेठ २९ , शुक्रबार

एसियन गेम्स क्रिकेटको सेमिफाइनलमा आज नेपाल र ओमान भिड्दै



काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता ओमानसँग बिहान ७ः१५ बजे खेल्नेछ।

समूह ‘बी’ को अन्तिम खेलमा हङकङले ओमानलाई पराजित गर्दै समूह विजेता बनेपछि नेपाल–ओमान सेमिफाइनल समीकरण बनेको हो। अर्को सेमिफाइनलमा हङकङ र मलेसिया दिउँसो १२ः१५ बजे आमनेसामने हुनेछन्।

नेपालले यसअघि मलेसियालाई हराएर समूह विजेताको रूपमा सेमिफाइनल यात्रा तय गरेको थियो। सेमिफाइनल पुगेका चारै टोली जापानमा हुने एसियन गेम्सका लागि छनोट भइसकेका छन्।

प्रकाशित मिति : २०८३ जेठ २४ गते आइतबार
प्रतिक्रिया