
दैलेख ।दैलेखको नारायण नगरपालिका–६ भुर्तीमा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्। घाइते हुनेमा आठबीस नगरपालिका–८ का २३ वर्षीय राजु बस्नेत रहेका प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
भुर्ती क्षेत्रमा भएको दुर्घटनापछि चालक बस्नेतलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल दैलेखमा सामान्य उपचार पश्चात थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत (कालागाउँ) रिफर गरिएको छ ।
प्रहरीका अनुसार घाइते चालकको उपचार भइरहेको छ भने स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
प्रकाशित मिति : २०८३ जेठ २४ गते आइतबार








