२०८३ भदौ २८ , आइतबार

बाल यौन दुर्व्यवहार न्यूनीकरणसम्बन्धी सचेतना



 

दैलेख । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दैलेखका विभिन्न स्थानमा बाल यौन दुर्व्यवहार न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखको आयोजनामा चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ डौसुर बजार र भैरवी गाउँपालिका–२ रावतकोटमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बालबालिकामाथि हुने यौन दुर्व्यवहारका कारण, जोखिम, रोकथामका उपाय तथा घटना भएमा अपनाउनुपर्ने कानुनी र सुरक्षात्मक प्रक्रियाबारे जानकारी दिइएको थियो ।

प्रहरीले बालबालिकामाथि हुने यौन दुर्व्यवहार न्यूनीकरणका लागि परिवार, समुदाय, विद्यालय तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ २८ गते आइतबार
प्रतिक्रिया