२०८३ भदौ ३१ , बुधबार

सरुवा कर्मचारीलाई रमाना नदिए तलब असुल्ने



 

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन निर्देशन दिएको छ ।

मन्त्रालयले सरुवा भएका कर्मचारीलाई साविककै कार्यालयमा राखी काम गराउने र त्यहीँबाट तलबभत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएको भन्दै सबै सम्बन्धित निकायलाई परिपत्र गरेको हो ।

तोकिएको अवधिमा रमाना नदिई साविककै कार्यालयबाट तलबभत्ता भुक्तानी गरेमा रमाना दिनुपर्ने म्यादपछिको तलबभत्ता सम्बन्धित कार्यालय प्रमुख र लेखा प्रमुखबाट असुलउपर गरिने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २०८३ भदौ ३१ गते बुधबार
प्रतिक्रिया