२०८३ भदौ २९ , सोमबार

घर भत्किएपछि सुरक्षित स्थानमा सारियो



 


दैलेख । आईतबार दिउँसोदेखि लगातर आएको अविरल वर्षाको कारण नारायण नगरपालिका–१ कुइकाना एक घर भत्केर पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। नारायण नगरपालिका–१ स्थित कुइकाना रातामाटाका खड्के नेपालीको दुईतले माटोले बनेको घर भत्किएको हो ।घर भत्किएपछि नेपालीको १६जनाको परिवारलाई शिरिस्थान महिला सामुदायिक वन समितिको भवनमा स्थान्तरण गरिएको नारायण नगपालिकाले जनाएको छ ।लगातारको वर्षाका कारण घर जोखिममा परेपछि परिवारका सदस्यलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिएको नगरपालिकाले जनाएको छ ।
जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने र आवश्यक सहयोग उपलब्ध गराउने काम भइरहेको नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले बताउनुभयो। उहाँले विपन्न समुदायलाई विपद् शाखामार्फत सहयोग गरिने बताउनुभयो ।
नगरप्रमुख शर्मा भन्नुभयो, “घर भत्किएपछि नेपाली परिवारलाई तत्काल सुरक्षित स्थानमा सारिएको छ। जोखिममा रहेका अन्य ठाँउको बस्तीका परिवारको सहयोग तथा अनुगमन भइरहेको छ। आवश्यक राहत तथा व्यवस्थापनका लागि नगरपालिकाले सक्दो सहयोग गर्छ।”नगरपालिकाले वर्षाका कारण जोखिममा रहेका बस्ती तथा घरधुरीको पहिचान गरी सम्भावित क्षति न्यूनीकरणका लागि सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ भदौ २९ गते सोमबार
प्रतिक्रिया