२०८३ जेठ २९ , शुक्रबार

नदीजन्य पदार्थको उत्खनन रोक्न स्थानीय तहलाई प्रशासनको पत्र



 

दैलेख ।जिल्ला प्रशासन कार्यालय दैलेखले  नदी वा खोलाबाट ढुङ्वा, गिटी, बालुवा उत्खनन रोकथाम गर्नको लागी दैलेखका ११वटै स्थानीय तहलाई परिपत्र गरेको छ । दैलेख जिल्लामा नदी तथा खोलाबाट भइरहेको अवैध उत्खनन, राजस्व चुहावट र वातावरणीय क्षति नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै स्थानीय तहलाई आवश्यक विवरण उपलब्ध गराउन परिपत्र जारी गरेको हो ।
नदिजन्य पदार्थको उत्खनन तथा बिक्री वितरणका क्रममा राजस्व चुहावट भएको, प्राकृतिक स्रोतको जथाभावी दोहन बढेको तथा यसबाट विपद् जोखिमसमेत निम्तिन सक्ने अवस्था देखिएकाले सम्बन्धित निकायबाट विवरण संकलन थालिएको प्रमुख जिल्ला अधिकारी आन्दह सारुले बताउनुभयो । उहाँले नदिजन्य पदार्थको उत्खनन रोक्न स्थानिय महत्हपुर्ण भूमिका रहने बताउनुभयो ।
उहाँले खोलाको दोहन नियन्त्रण गर्न हामी सबै सरोकारवालाले दोहन नियन्त्रण गर्न कडाइका साथ लाग्नुपर्ने तथा अवैध रुपमा भइरहेको नदी, खोलाको दोहन रोक्न सम्बन्धित निकायलाई निर्देशन गरिएको बताउनुभयो ।
यसैगरी नदीजन्य पदार्थको उत्खनन तथा सङ्कलन स्वीकृत मापदण्ड वातावरणीय प्रभाव मूल्याङ्कन प्रचलित कानुनबमोजिम मात्र गर्ने, अवैध उत्खनन, अवैध सङ्कलन तथा अनधिकृत ओसारपसारलाई नियन्त्रण गर्न पहल गर्ने महाबु गाँउपालिकाका अध्यक्ष जंग बहादुर शाहीले बताउनुभयो । उहाँले नदी खोला, वन क्षेत्र खेतीयोग्य जमिन विपद् जोखिम क्षेत्र बस्तीमा वातावरणीय विनाश नहुने गरी मात्र उत्खनन व्यवस्थापन गर्न सबै पालिका लाग्नुपर्ने बताउनुभयो ।उहाँले अवैध रूपमा हुने गरेकनदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी गर्न कर्मचारी खटाईने बताउनुभयो ।
जिल्लामा प्रशासनले स्थानीय तहलाई वातावरणीय प्रभाव मूल्यांकन ईआईए वा प्रारम्भिक वातावरणीय परीक्षण आईईई स्वीकृत भएका उत्खनन क्षेत्रको विवरण, उत्खनन अनुमति, ठेक्का सम्झौता, बिक्री मूल्य, सञ्चालनमा रहेका क्रसर उद्योगको अवस्था तथा तिनले तिरेको राजस्वको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
अवैध उत्खनन र क्रसर सञ्चालन रोक्न यसअघि पनि सम्बन्धित निकायलाई पटक–पटक निर्देशन दिइएको प्रशासनको भनाइ छ। जिल्ला प्रशासन कार्यालयले माग गरिएका विवरण तोकिएको समयभित्र उपलब्ध गराउन आग्रह गर्दै प्राकृतिक स्रोत–साधनको संरक्षण, दिगो उपयोग र राजस्व व्यवस्थापनमा स्थानीय तहले आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने जनाएको छ ।
दैलेख जिल्लामा ६वटा क्रसर उद्योग सञ्चालनमा रहेका छन् । जिल्लाका भैरबी गाँउपालिका महाबु गाउँपालिका, गुराँस गाँउपालिका, छामघाट भैरबी गाँउालिका खोलामा ढुङ्गा, गिट्टी, बालुवा र माटो दोहन गरी चोरीनिकासी भइरहेको छ । क्रसर उद्योगमा अवैध ओसारपसार र मापदण्डविपरीत घाटगद्दी गरेको समेत पाइएको प्रशासनको भनाइ छ ।

प्रकाशित मिति : २०८३ जेठ २६ गते मंगलबार
प्रतिक्रिया