
दैलेख । जिल्ला प्रहरी कार्यालय, दैलेखले सडक सुरक्षा र यातायात नियमको पालनालाई प्रवर्द्धन गर्न जनचेतना कार्यक्रम सञ्चालन गरेको छ। प्रहरीले सडकमा सुरक्षित यात्रा सुनिश्चित गर्न र दुर्घटना न्यूनीकरणका लागि जनतालाई सचेत गराएका छन्।
कार्यक्रमका दौरान सहभागीहरूले हेल्मेट र सीट बेल्टको प्रयोग, सार्वजनिक सवारी साधनको सुरक्षा जाँच, र ट्राफिक नियमको पालनामा ध्यान दिनुपर्ने महत्वबारे जानकारी प्राप्त गरे। प्रहरीले जनतालाई दुर्घटनाबाट ज्यान र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न नियमको पालनामा सहयोग गर्न आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालयका दैलेख सडकमा नियमको पालनाले ज्यान मात्र होइन, सामाजिक र आर्थिक क्षतिलाई पनि कम गर्नसबैले नियम पालना गरी सुरक्षित यात्रा सुनिश्चित गर्न आग्रह गरेको छ।कार्यक्रमले स्थानीयवासीमा सडक सुरक्षा सम्बन्धी चेतना बढाउने र दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।








