यामराज बिष्ट
दैलेख ।जिल्लाको आठबिस नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कुमलखाडामा जग्गा स्वामित्वसम्बन्धी विवाद बढ्दै गएपछि पठनपाठनमा समस्या भएको छ । लामो समयदेखि
समाधान हुन नसकेको जग्गा विवादले गर्दा विद्यालयको नियमित शैक्षिक गतिविधिमा समेत समस्या भएकोे हो ।जग्गाको लेनदेन तथा नापजाँचका व्रmममा दुई वटा जग्गा एउटै क्षेत्रमा परेपछि स्वामित्वसम्बन्धी विवाद उत्पन्न भएको विद्यालयका प्रधानाध्यापक धनबहादुर बोहोराले बताउनुभयो । उहाँले विद्यालयपरिसरसँग जोडिएको करिब एक सय मिटर क्षेत्रफलको जग्गाको स्वामित्वबारे देखिएको विवादका कारण समस्या सिर्जना भएको बताउनुभयो । उहाँले उक्त विवाद करिब १८ वर्षदेखि भएकाले समाधानका लागि सम्बन्धित निकायमा पटक पटक जानकारी गराए पनि आवश्यक पहल हुन नसकेको र प्रव्रिmया ढिलो भएको उहाँले बताउनुभयो । उहाँले शौचालयको अभावले विद्यालयको पठनपाठन वातावरण प्रभावित भएको उल्लेख गर्दै सरोकारवाला पक्षबिच समन्वय र संवादमार्फत समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले विद्यालयमा अर्थशास्त्र र शिक्षा विषयका शिक्षकको अभाव रहेकाले पठनपाठनमा थप समस्या देखिएको
बताउनुभयो ।
जग्गाधनी नवीन माझीले आफूले विगतमा विद्यालयलाई २८० वर्गमिटर जग्गा दान गरेको भए पनि कित्ताकाँट तथा नापजाँचका व्रmममा आफूले लामो समयदेखि भोगचलन गर्दै आएको करिब ६२५ वर्गमिटर जग्गा विद्यालयको नाममा दर्ता भएको दाबी गर्नुभएको छ । उहाँले विद्यालयपरिसरभित्र रहेको जग्गामाथि आफ्नो स्वामित्व रहेको दाबी गर्दै डोजर प्रयोग गरी पर्खाल निर्माण थालेपछि विद्यालयले प्रयोग
गर्दै आएको सार्वजनिक शौचालयमा पुग्ने बाटो अवरुद्ध भएको बताउनुभयो । उहाँले विद्यालयले प्रयोग गर्दै आएको करिब ६२५ वर्गमिटर जग्गा आफ्नो नाममा हुनुपर्ने बताउनुभयो । २८० वर्गमिटर जग्गा
विद्यालयलाई सहयोग गरेको तर विद्यालय प्रशासनको लापर्बाहीका कारण दुवै ठाउँको जग्गा विद्यालयको नाम दर्ता भएको उहाँको आरोप छ ।
विद्यालयमा २१३ जना विद्यार्थी अध्ययनरत छन् । जग्गा विवाद लम्बिँदा पठनपाठनमा अवरोध सर्जना भइरहेको विद्यालय प्रशासनले जनाएको छ । स्थानीयवासी तथा सरोकारवालाले विद्यार्थीको
भविष्यसँग जोडिएको विषय भएकाले सम्बन्धित निकायले तत्काल पहल गरी विवाद समाधान गर्नुपर्ने माग गरेका छन् । जग्गा विवादले शौचालय प्रयोगमा कठिनाइ उत्पन्न भएपछि विद्यार्थी तथा शिक्षक मस्यामा परेका छन् ।
प्रकाशित मिति : २०८३ जेठ २७ गते बुधबार








