२०८३ जेठ २९ , शुक्रबार

विकास योजनाको अनुगमन



 

दैलेख। सामाजिक विकास कार्यालय दैलेखले आर्थिक वर्ष २०८२र०८३ मा सञ्चालन भइरहेका विभिन्न विकास योजनाहरूको सोमबार स्थलगत अनुगमन गरेको छ। कार्यालयले जिल्ला भित्र सञ्चालन भइरहेका विभिन्न विकास निर्माण योजनाहरूको स्थलगत अनुगमन गरेको हो।

कार्यालयले जिल्लाका निर्माणाधीन योजनाहरूको प्रगति, गुणस्तर तथा कार्यान्वयन अवस्थाबारे जानकारी लिन अनुगमनलाई तीव्रता दिएको सामाजिक विकास कार्यालय दैलेखका प्रमुख लोकेन्द्र बहादुर विष्टले बताउनुभयो। उहाँले आर्थिक वर्षको अन्त्यतिर योजनाहरू प्रभावकारी रूपमा सम्पन्न भए–नभएको, निर्माणको गुणस्तर कायम भए–नभएको तथा प्राविधिक मापदण्ड पालना गरिएको विषयमा विशेष ध्यान दिँदै प्राविधिकसहितको टोलीबाट नियमित अनुगमन भइरहेको बताउनुभयो।

 

अनुगमनका क्रममा आठविस नगरपालिका–२ स्थित गुराँस आधारभूत विद्यालयमा १५ लाख रुपैयाँ लागतमा निर्माणाधीन घेरबार तथा शौचालय, सिगौडी स्वास्थ्य चौकी भवन निर्माण ३० लाख रुपैयाँ तथा चामुण्डाबिन्द्रासैनी नगरपालिका अन्तर्गत जनता माध्यमिक विद्यालय बस्तेकोटको भवन निर्माण योजना ४५ लाख रुपैयाँ को स्थलगत निरीक्षण गरिएको थियो।

 

 

अनुगमन टोलीले निर्माण कार्यको गुणस्तर, प्राविधिक पक्ष तथा निर्धारित समयभित्र काम सम्पन्न गर्ने विषयमा सम्बन्धित पक्षलाई आवश्यक निर्देशनसमेत दिएको जनाएको छ।

 

प्रकाशित मिति : २०८३ जेठ २९ गते शुक्रबार
प्रतिक्रिया