२०८३ जेठ १९ , मंगलबार

नियमित पिउँने पानी वितरण नभएपछि उपभोक्ता धर्नामा



कालीकोट सदरमुकाम मान्म बजारमा जहिले पनि खानेपानीको चरम अभाव हुनेगरेको छ । कुनै पनि महिनामा राम्रोसँग पिउने पानीको व्यवस्थापन नहुँदा यहाँका स्थानीयवासी सधै काकाकुल छन् । पानीको अभाव झेलिरहेको यहाँका नागरिक जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् ।

कुनै पनि महिनामा पानी पाइँदैन, बिल मात्र महिनामा तिर्नुपरेको उपभोक्ताको भनाइ छ । जिल्लाको मुटु मानिने खाँडाचक्र नगरपालिकामा खानेपानीको हाहाकार बढ्दै जाँदा सम्बन्धित निकाय मौन बसेको भन्दै जिल्लाका ब्यापारी र अन्य नागरिकले बजारको ब्यापारीहरु सटर बन्द गरेर शुक्रबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।

मान्ममा दिपक शाहीका अनुसार सरकारले नागरिकको समस्याप्रति चासो नदिएको बताउनुभयो । सरकार छ, सधैँ आफैले देखिरहेको छ । बजारको पिउने पानीको समस्या सम्बोधन गर्नतिर चासो छैन । स्थानीय र हाम्रो नजिकको सरकार भनेर कसरी खुसी हुनु ?

उहाँले भन्नुभयो, “खानेपानीको समस्या दिनानुदिन चर्किदै गएपछि मान्म बजारमा होटेल तथा अन्य व्यवसाय सञ्चालन गर्ने नागरिक प्रत्यक्ष मारमा परेका छन् । पानी वितरणमा एकरूपता नहुँदा अभाव झन् गहिरिएको स्थानीयको भनाइ छ ।

स्थानीय मानवहादुर गिरीले जनप्रतिनिधिहरूले नागरिकको समस्याप्रति बेवास्ता गरेको भन्दै आक्रोश प्रकट गर्नुभयो । खानेपानी उपभोक्ता समितिको वितरण प्रणालीमा लापरबाहीले पानीको अभाव भएकाले धारामा नियमित पानी नआउँदा सदरमुकाममै पिउने पानीको हाहाकार भएको गिरिले भन्नुभयो ।

यति ठुलो समस्या हुँदा पनि कसैको ध्यान नगएको उहाँको भनाइ छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १६ गते आइतबार
प्रतिक्रिया