
फिफा विश्वकप फुटबलमा सहआयोजक क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ। टोरन्टोमा आज बिहान भएको खेलमा बोस्नियाका जोभो लुकिचले २१औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर क्यानडाका काइल लारिनले ७८औँ मिनेटमा बराबरी गोल फर्काउँदै घरेलु टोलीलाई हारबाट जोगाए।
बराबरीसँगै दुवै टोलीले एक–एक अंक बाँडेका छन्।यसैबीच, आज बिहान पौने ७ बजे आयोजक अमेरिका र पाराग्वेबीच प्रतिस्पर्धा हुँदैछ। अन्य खेलमा मेक्सिकोले दक्षिण अफ्रिका तथा दक्षिण कोरियाले चेक रिपब्लिकलाई पराजित गर्दै विजयी सुरुआत गरेका छन्।
प्रकाशित मिति : २०८३ जेठ ३० गते शनिबार








