२०८३ असार ३ , बुधबार

तरकारी खेती गर्दै पढ्दै विद्यार्थी



 

यामराज बिष्ट
दैलेख ।जिल्लाको नारायण नगरपालिका–८स्थित तर्ताङ्गमा रहेको सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीले तरकारी खेती गरेका छन् । विद्यालयले प्राबिधिक धारअन्तर्गत बाली विज्ञान विषय, पशु बिज्ञानमा अध्ययन गर्ने विद्यार्थीलाई प्रयोगात्मक अभ्यास मार्फत तरकारी र च्याउ उत्पादन गरी बिक्री गरेर आम्दानी गर्न थालेको हो ।
पशु विज्ञान१८महिने, ३बर्षे कृषि बाली विज्ञान विषयमा अध्ययन गर्ने विद्यार्थीले विद्यालय परिसरमै सामूहिक तरकारी खेती गरेका विद्यालयका सहायक प्रधाध्यापक लोकेन्द्र बहादुर जिसिले बताउनुभयो । उहाँले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वय ईकाइ सुर्खेतको रु ३ लाख ९९ हजार ८सय९९ रुपैयाँ७५ पैसा सहयोग विद्यालयको तर्फबाट १लाख८०हजार४सय१३रुयौया२५पैसा गरि करिब ५लाखकोे साझेदारीमा तरकारी खेती गरिएको बताउनुभयो ।
उहाँले विद्यालयले प्राविधिक धारका विद्यार्थीलाई प्रयोगात्मक अभ्यासका लागि तरकारी खेति गरिएको बताउनुभयो । उहाँले विद्यार्थीले उत्पादन गरेको च्याउ बजारमा प्रति केजी ३सय५० रुपैयाँमा बिक्री वितरण हुँदै आएको बताउनु भयो । सहायक प्रधानाध्यापक जिसीले भन्नुभयो “विद्यार्थीले उत्पादन गरेको तरकारी, च्याउ अहिले बजारमै बिक्री हुने गरेको छ, विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबिजन सबै विद्यालयले उपलब्ध गराउँछौँ ।”
विद्यालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि विद्यार्थीले तरकारी, च्याउ उत्पादनबारेमा प्रयोगात्मक अभ्यासबाट सिक्ने अवसर पाएको बताएका छन् । विद्यार्थीले विद्यालय उमेरमै पाठ्यपुस्तकसँगै व्यावहारिक ज्ञानसमेत आर्जन गर्न पाएकोमा भविष्यमा प्राविधिक विषय पढेपछि बेरोजगार हुन पर्दैन भन्नेमा विश्वस्त रहेको विद्यार्थीहरु बताउँछन् ।

विद्यार्थीले च्याउ, बैमौसमी तरकारी, तरकारीका बोटबिरुवा टमाटरलगायतका कृषि उपजका बारेमा अभिभावकलाई समेत सिकाउने गरेका छन्। विद्यार्थीले उत्पादन गरेका तरकारी बिक्री गरी विद्यालयले कृषि क्षेत्रमा लगानी गरिएको बताएको छ ।

प्रकाशित मिति : २०८३ असार २ गते मंगलबार
प्रतिक्रिया