२०८३ असार ३ , बुधबार

जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी बने वरिष्ठ हवल्दार बुढा



 

दैलेख, असार ३ गते । जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार मदनकुमार बुढा २०८३ साल जेठ महिनाका उत्कृष्ट प्रहरी घोषित भएका छन्।जिल्ला प्रहरी कार्यालय दैलेखले बुधबार उहाँलाई जेठ महिनाको उत्कृष्ट प्रहरी छनोट गरी सम्मान तथा पुरस्कृत गरेको हो।

कार्यसम्पादन,अनुशासन, जिम्मेवारीप्रतिको समर्पण, सेवामुखी व्यवहार तथा शान्ति सुरक्षामा पुर्‍याएको योगदानका आधारमा बुढालाई उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख श्रवण कुमार विकले बताउनुभयो । उहाँले उत्कृष्ट प्रहरी छनोट कार्यक्रमले प्रहरी कर्मचारीहरूमा सकारात्मक प्रतिस्पर्धा, जिम्मेवारीबोध र सेवाप्रतिको समर्पण बढाउन सहयोग पुग्ने विश्वास गर्नुभयो।
प्रहरी वरिष्ठ हवल्दार बुढालाई प्रमाणपत्र तथा  नगद पुरस्कार प्रदान गरिएको छ ।

 

 

 

प्रकाशित मिति : २०८३ असार ३ गते बुधबार
प्रतिक्रिया