
दैलेख-दैलेखमा संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता विषयमा अन्तरक्रिया कायंक्रम गरिएको छ । राष्ट्रीय जनमोर्चा जिल्ला समिति दैलेखको आयोजनामा संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता विषयक अन्तरक्रिया कार्यक्रम गरिएको हो।
संविधान संशोधनका मुद्धा पहिचान गर्दा गणतन्त्र र राष्ट्रियताको प्रश्नमा विदेशी हस्तक्षेपबाट मुक्तपर्ने राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम राना प्यासीले बताउनुभयो । उहाँले १५ बुँदे अवधारणापत्र प्रस्तुत गर्दै अवधारणापत्र प्रस्तुत गर्दै नेता प्यासीले वर्तमान राजनीतिक परिस्थितिमा संविधान संशोधन अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
वर्तमान सरकारले संविधान संशोधनको नाममा गणतन्त्रमाथि हमला गरेको राष्ट्रिय जनमोर्चा जिल्ला समिति दैलेखका अध्यक्ष कमल बराई मगरले अरोप लगाउनुभयो । उहाँले देशको वर्तमान राजनीतिक संकटको निकासका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभयो ।उहाँले राजनीतिक र जनस्तरमा बहृत् छलफल गरेर मात्र संविधान संशोधनका विषयलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष मायाराम अधिकारी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका अध्यक्ष कमल शर्मा, निवर्तमान अध्यक्ष अमर सुनार र पूर्वअध्यक्ष यज्ञराज थापाले मन्तव्य राख्नुभएको थियो ।








