
दैलेख, असार ५गते ।दैलेखको नारायण नगरपालिका–६ स्थित वडा कार्यालय भवनमा सञ्चार जागरण अभियान कार्यक्रम गरिएको छ। सही सूचना प्रवाह, नागरिकको सूचनामा पहुँच राख्ने उद्देश्यले ओम सञ्चारको आयोजनामा तथा नारायण नगरपालिका ६नं वडा कार्याललेको कार्यक्रम गरिएको हो।दैलेखको नारायण नगरपालिका–६ स्थित वडा कार्यालय भवनमा सञ्चार जागरण अभियान कार्यक्रम गरिएको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष बिष्णु प्रसाद शर्माले पछिल्लो समय एआईको प्रयोग तीव्र रूपमा बढ्दै गएको बताउनुभयो। उहाँले एआईको प्रयोगले सञ्चार क्षेत्रलाई सहज बनाएको भए पनि यसको दुरुपयोग हुन नदिन सबै पक्ष सचेत हुनुपर्ने बताउनुभयो। उहाँले समाचार तथा सूचनाको सत्यता पुष्टि गरेर मात्रै प्रकाशन तथा प्रसारण गर्नुपर्नेमा जोड दिँदै तथ्यमा आधारित पत्रकारिता आजको आवश्यकता रहेको बताउनुभयो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष कमल प्रसाद शर्माले विकास निर्माणका गतिविधिलाई नागरिकसम्म पुर्याउन सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले पत्रकारिता आचारसंहिताको पालना गर्दै निष्पक्ष, सत्य र उत्तरदायी पत्रकारितामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताउनुभयो।उहाँले विकास निर्माणका कामको निगरानी, खबरदारी र जनचेतना अभिवृद्धिमा मिडियाको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताउनुभयो।
कार्यक्रममा बोल्दै वडा नं ६ का अध्यक्ष जनक प्रसाद न्यौपानेले सही सूचना प्रत्येक नागरिकको पहुँचमा पुग्नुपर्ने बताउनुभयो। उहाँले सूचना नागरिकको मौलिक अधिकार भएकाले सत्य र विश्वसनीय सूचना प्रवाहबाट मात्रै सचेत र जिम्मेवार समाज निर्माण गर्न सकिने बताउनुभयो। विकास, सुशासन र पारदर्शिताका लागि सही सूचना महत्वपूर्ण आधार रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा जनप्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सही सूचना, सञ्चार साक्षरता, पत्रकारिताको आचारसंहिता र सामाजिक उत्तरदायित्वका विषयमा छलफल गरेका थिए।









