
दैलेख। जिल्लामा ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले दैलेखमा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ।स्वास्थ्य सेवा कार्यालय दैलेखले आयोजना तथन जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम गरिएको हो ।
कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले सडक दुर्घटनाका प्रमुख कारण, सवारी साधन सञ्चालनका क्रममा अपनाउनुपर्ने बताउनुभयो । उहाँले सडक सुरक्षामा चालक, सहचालक, यात्रु र पैदलयात्री सबै उत्तिकै जिम्मेवार हुनुपर्नेमा बताउनुभयो ।
जिल्लामा बढ्दो सवारी चापसँगै सडक दुर्घटनाका घटना न्यूनीकरण गर्न यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने स्वास्थ्य सेवा कार्यालय दैलेखका इन्चार्ज डा। मनोज विश्वकर्माले बताउनुभयो । उहाँले सडक दुर्घटना न्यूनीकरणका लागि युवा जागरण र सचेतना अपरिहार्य भएको बताउनुभयो ।
दैलेखका ट्राफिक प्रमुख वरिष्ठ प्रहरी नायव निरिक्षक जयसिंह गुरुका अनुसार चालु आर्थिक वर्ष २०८२र८३ को जेठ मसान्तसम्म दैलेखमा ६७ वटा सवारी दुर्घटना भएका छन्, जसमा ३ जनाको मृत्यु भएको छ भने १९३ जना घाइते भएका छन्।यसअघि आर्थिक वर्ष २०८१र८२ मा ६३ वटा दुर्घटनामा १४ जनाको मृत्यु र १७५ जना घाइते भएका थिए भने आर्थिक वर्ष २०८०र८१ मा ६५ वटा दुर्घटनामा १० जनाको मृत्यु र १३८ जना घाइते भएका थिए। त्यस्तै, आर्थिक वर्ष २०७९र८० मा ७७ वटा दुर्घटनामा १२ जनाको मृत्यु र १०४ जना घाइते भएको तथ्याङ्क छ।
कार्यक्रम सडक दुर्घटनाबाट हुने मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका थिए। उनीहरूले ट्राफिक नियमको पूर्ण पालना, चालकको जिम्मेवारीपूर्ण व्यवहार तथा यात्रुको सचेतनाले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए।
कार्यक्रममा सहभागीहरूले सडक सुरक्षासम्बन्धी विभिन्न जिज्ञासा तथा सुझाव प्रस्तुत गरेका थिए। सम्बन्धित निकायका प्रतिनिधिहरूले उठाइएका विषयमा जवाफ दिँदै सडक सुरक्षा सुधारका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरेका थिए।
जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा ट्राफिक प्रहरी, जनप्रतिनिधि, यातायात व्यवसायी, सवारी चालक, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सावधानी, ट्राफिक नियमको पालना, अत्यधिक गति नियन्त्रण, मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिको अन्त्य तथा सडक सुरक्षासम्बन्धी विषयमा छलफल गरिएको थियो।








