२०८३ साउन १२ , मंगलबार

स्थानीय जडीबुटी प्रशोधन उद्योग सञ्चालनमा, गुराँस जुडिबुडी चिया उत्पादन सुरु



यामराज बिष्ट
दैलेख ।स्थानीय जडीबुटीको संरक्षण, प्रशोधन तथा बजारीकरणलाई संस्थागत गर्दै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले स्थानीय जडीबुटी प्रशोधन उद्योग सञ्चालनमा गरिएको हो । दैलेखको गुराँस गाउँपालिकाले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन स्थानीय जडीबुटी प्रशोधन तथा गुराँस जुडिबुडी चिया उत्पादन उद्योग सञ्चालनमा ल्याएको हो ।
उद्योग सञ्चालनसँगै स्थानीय रूपमा उत्पादन गरिएको गुराँस जुडिबुडी चियाको उत्पादन पनि सुरु भएको गाउँपालिकाले जनाएको छ । उत्पादन गरिएको चिया प्रारम्भिक चरणमा गाउँपालिकाको नागरिक गरोग्य सेवा केन्द्रमार्फत सर्वसाधारणका लागि उपलब्ध गराइने बताएको छ ।
सुरुवातीमा गाँउपालिकाको करिब २ लाख लगानीमा स्थानीय जडीबुटी प्रशोधन उद्योग सञ्चालनमा गरिएको नागरिक आरोग्य सेवा केन्द्रका वैद्य गणेशबहादुर वलीले बताउनुभयो । उहाँले गुराँस जुडिबुडी चिया आगामी दिनमा बजार विस्तार गरी जिल्लाभित्र र बाहिर समेत पु¥याउने तयारी गरिएको बताउनुभयो । उहाँले स्थानीय तह रहेको प्रशोधन केन्द्र सञ्चालनमा आएपछि स्थानीय युवाका लागि रोजगारीको अवसर सिर्जना हुने, जडीबुटी खेतीप्रति आकर्षण बढ्ने तथा ग्रामीण अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको बताउनुभयो ।उहाँले खेर गइरहेका जडीबुटी र वनस्पति संकलन गरेर बजारीकण गर्न उद्योग स्थापना गरिएको त्यसले यहाँको उत्पादनमा वृद्धि हुने बताउनुभयो ।

 

स्थानीय स्तरमा पाइने बहुमूल्य जडीबुटीको संरक्षण गर्दै त्यसलाई प्रशोधनमार्फत मूल्य अभिवृद्धि गर्ने, आयातित चियाको विकल्पका रूपमा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने तथा स्थानीय किसान र जडीबुटी संकलनकर्ताको आयआर्जन वृद्धि गर्ने लक्ष्यसहित उद्योग सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष टोपबहादुर बिसीले बताउनुभयो।उहाँले गुराँस गाउँपालिकालाई जडीबुटी उत्पादन र प्रशोधनको केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन सोचअनुसार उद्योग स्थापना गरिएको बताउनुभयो । उहाँले उद्योग सञ्चालनले स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै कृषिमा आधारित उद्यमशीलता विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
गाँउपालिका अध्यक्ष बिशीले भन्नुभयो, हाम्रो गाउँपालिका जडीबुटीको दृष्टिले अत्यन्तै सम्भावनायुक्त क्षेत्र हो। विगतमा यहाँका बहुमूल्य जडीबुटी कच्चा पदार्थकै रूपमा बाहिरिने गरेका थिए। अब हामी तिनै स्रोतलाई स्थानीय स्तरमै प्रशोधन गरी मूल्य अभिवृद्धि गर्ने चरणमा पुगेका छौँ। यसले स्थानीय किसान, युवा तथा जडीबुटी संकलनकर्तालाई प्रत्यक्ष आम्दानीसँग जोड्ने मात्र होइन, गाउँपालिकाको आर्थिक आधार समेत मजबुत बनाउनेछ।,,
हामी केवल चिया उत्पादनमा मात्र सीमित रहने छैनौँ। स्थानीय स्रोत र सीपको उपयोग गरेर जडीबुटीमा आधारित विभिन्न उत्पादन विकास गर्ने, किसानलाई उत्पादनसँग जोड्ने, प्रशोधन उद्योग विस्तार गर्ने र बजार सुनिश्चित गर्ने योजनामा गाउँपालिका अघि बढिरहेको उहाँले भन्नुभयो।
गाउँपालिकाका अनुसार स्थानीय स्रोत र कच्चा पदार्थको उपयोगबाट उत्पादन गरिने जडिबुडि चियाले स्वास्थ्य प्रवद्र्धनसँगै स्थानीय किसान, जडीबुटी संकलनकर्ता तथा साना उद्यमीलाई प्रत्यक्ष लाभ पु¥याउने अपेक्षा गरिएको छ। उद्योग सञ्चालनसँगै स्थानीय जडीबुटीको व्यवस्थित संकलन, प्रशोधन र बजारीकरणका लागि आवश्यक संरचना विस्तार गर्ने योजना समेत अघि सारिएको छ ।गुराँस गाउँपालिकाले जडीबुटीमा आ

प्रकाशित मिति : २०८३ असार १४ गते आइतबार
प्रतिक्रिया