२०८३ साउन १३ , बुधबार

गस्तीका क्रममा घाइते प्रहरी जवानको हेलिकोप्टरमार्फत उद्धार



 

रुकुमपश्चिम ।डोल्पा जिल्लामा गस्तीका क्रममा घाइते भएका एक प्रहरी जवानलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

शे–फोक्सुण्डो गाउँपालिका–३ स्थित साल्दाङ प्रहरी चौकीमा कार्यरत ३१ वर्षीय प्रहरी जवान ललित सुनार शुक्रबार बेलुका गस्तीमा जाने क्रममा ढुङ्गामा चिप्लिएर लड्दा घाइते हुनुभएको हो।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनिल राज गिरीका अनुसार दुर्घटनामा सुनारको घुँडामुनिको खुट्टामा फ्र्याक्चर भएको थियो। घाइते भएपछि उहाँलाई तत्काल साल्दाङ स्वास्थ्य चौकीमा भर्ना गरी प्रारम्भिक उपचार गरिएको थियो।

थप उपचार आवश्यक भएपछि शनिबार दिउँसो नेपाली सेनाको एनए–०६१ नम्बरको हेलिकोप्टरमार्फत उहाँलाई सुर्खेत लगिएको प्रहरीले जनाएको छ।

घाइते प्रहरी जवान सुनार भगवतीमाई गाउँपालिका–१, पगनाथका स्थायी बासिन्दा हुनुहुन्छ।

प्रकाशित मिति : २०८३ असार १४ गते आइतबार
प्रतिक्रिया