२०८३ साउन १३ , बुधबार

आज र भोलि भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह



काठमाडौं । आज र भोलि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको भन्दै सम्बन्धित निकायले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुन सक्नेछ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो, कटान, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम रहेकाले विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८३ असार १६ गते मंगलबार
प्रतिक्रिया