
काठमाडौँ। विश्वकप फुटबलमा इंग्ल्याण्ड र बेल्जियमले रोमाञ्चक जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएका छन्।
इंग्ल्याण्डले कङ्गोलाई २–१ ले हरायो। सुरुआती अग्रता लिएको कङ्गोविरुद्ध कप्तान ह्यारी केनले ७५औँ र ८६औँ मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई जित दिलाए। अब इंग्ल्याण्डले अन्तिम १६ मा मेक्सिकोसँग खेल्नेछ।
यता, बेल्जियमले अतिरिक्त समयमा सेनेगललाई ३–२ ले पराजित गर्यो। २–० ले पछि परेको अवस्थाबाट पुनरागमन गरेको बेल्जियमका लागि रोमेलु लुकाकुले एक तथा युरी टिलेमान्सले दुई गोल गरे। यस जितसँगै बेल्जियम अन्तिम १६ मा पुगेको छ भने सेनेगलको यात्रा समाप्त भएको छ।
प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार








