२०८३ साउन १३ , बुधबार

कार्णाली नदीमा गाडी दुर्घटना अपडेट: भीरबाट एक जनाको शव निकालियो



दैलेख, असार १८गते । कर्णाली नदीमा खसेको गाडीमा सवार एक जनाको शव फेला परेको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा बिहीबार भएको दुर्घटनाको उद्धारका क्रममा नदीबाट एउटा शव निकालिएको दैलेख प्रहरीले जनाएको छ ।

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको दैलेखका प्रमुख डीएसपी श्रवणकुमार विकले बताउनुभयो । उहाँले घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पाल्तडाबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा उद्धार सामग्रीसहित ३५ जना प्रहरीको टोली घटनास्थलतर्फ खटिएको बताउनुभयो।

दैलेख प्रहरीका अनुसार हालसम्म नाम, थर र ठेगाना नखुलेका एक पुरुषलाई भीरमा अड्किएको अवस्थामा फेला पारिएको छ। उनलाई उद्धार गरी सडकतर्फ ल्याउने कार्य भइरहेको छ। प्रहरीका दुर्घटनाबारे थप विवरण तथा सवारीमा सवार यात्रुको संख्या र क्षतिको यकिन हुन सकेको छैन । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८३ असार १८ गते बिहीबार
प्रतिक्रिया