
दैलेख । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, शाखा कार्यालय दैलेखले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुल्लु अस्पताललाई वाटर डिस्पेन्सर उपकरण सहयोग गरेको छ । बैंकले बिरामी तथा सेवाग्राहीहरूको सहजताका लागि दुई थान फिल्टर मेसिन र पाँच थान वाटर डिस्पेन्सर हस्तान्तरण गरेको हो।
उक्त सामग्री दुल्लु अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं दुल्लु नगरपालिकाका नगर प्रमुख भरत प्रसाद रिजाल तथा उपप्रमुख बिना कार्कीको संयुक्त उपस्थितिमा अस्पताललाई हस्तान्तरण गरिएको हो।
वाटर डिस्पेन्सर अति आधारभूत आवश्यकता रहेको साथै हस्पिटल आउने आम बिरामीले प्रत्यक्ष सेवा लिन पाउने भएकोले नागरिलाई सहजताका हुने नगर प्रमुख भरत प्रसाद रिजालले बताउनुभयो । उहाँले स्वास्थ्य संस्थामा स्वच्छ तथा सुरक्षित खानेपानीको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले वाटर डिस्पेन्सरको प्रयोगले अस्पतालमा उपचाररत बिरामी तथा सेवाग्राहीलाई तातो र चिसो पानी सहजरूपमा उपलब्ध हुने उल्लेख गर्दै यसले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने सहयोग पुग्ने बताउनुभयो ।
बैंकको सहयोगले अस्पतालमा उपचाररत बिरामी, उनका आफन्त तथा अन्य सेवाग्राहीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सहज हुने विश्वास लिइएको छ।यस सहयोगका लागि दुल्लु अस्पताल परिवारले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, शाखा कार्यालय दैलेखप्रति धन्यवाद व्यक्त गरेको छ।








