२०८३ साउन १२ , मंगलबार

प्रहरीद्वारा लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सञ्चालन



 


दैलेख। प्रहरीद्वारा दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ स्थित चुप्रा बजारमा सुर्खेत–दैलेख सडकखण्डमा शुक्रबार  लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सञ्चालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय दैलेख र जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले पछिल्ला समय युवा पुस्तामाझ लागुऔषधको प्रयोग र कारोबार बढ्दै गएपछि  ‘लागुऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान’ सञ्चालन गरेको हो ।

कार्यक्रममा डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले यस अभियानले सडक दुर्घटना न्यूनीकरण र जिम्मेवार सवारी सञ्चालनमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो ।उहाँले प्रहरीले यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो।

आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी आनन्द सारु, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक डीएसपी श्ववनकुमार बिक, डुङ्गेश्वर गाउँपालिका–१ का वडाध्यक्ष श्याम राना, पत्रकार तथा जिल्ला स्वास्थ्य कार्यालय दैलेखका चिकित्सकसहितको टोलीको सहभागिता रहेको थियो।
संयुक्त टोलीले ५६ वटा सवारीसाधनको परीक्षण गरेको थियो। परीक्षणका क्रममा ५२ जना चालकको मादक पदार्थ सेवन मापसे परीक्षण गर्दा २ जना चालक पोजिटिभ भेटिएका छन्। त्यसैगरी ४ जनाको लागुऔषध सेवन परीक्षण गर्दा २ जना पोजिटिभ देखिएको प्रहरीले जनाएको छ।

सडक दुर्घटना न्यूनीकरण, सुरक्षित सवारी सञ्चालन तथा चालकको स्वास्थ्य अवस्थाबारे सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्तो संयुक्त चेकजाँच अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। प्रहरीले यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।

प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रबार
प्रतिक्रिया