२०८३ साउन १२ , मंगलबार

बृहत् स्वास्थ्य शिविरमा २१८ जनाले लिए निःशुल्क सेवा



दैलेख ।दैलेख जेसीज वर्ष २०२६ को आयोजनामा तथा नारायण नगरपालिका र एनएमबी बैंक दैलेखको आर्थिक सहयोगमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। बृहत् निःशुल्क स्वास्थ्य शिविरमा एक हजार २सय१८ जनाले सेवा सेवा लिएका हुन् ।

आयोजकका अनुसार ११८ जनाले मधुमेह (सुगर) परीक्षण, ३८ जनाले भिडियो एक्स–रे (यूएसजी), ८ जनाले गर्भ परीक्षण (युपिटी) तथा ६ जनाले पिसाबमा प्रोटिन परीक्षण गराएका छन्। साथै २८ जनाले दन्त परीक्षण तथा परामर्श सेवा लिएका छन्।

स्वास्थ्य परीक्षणका क्रममा २ जना उच्च मधुमेह भएका बिरामी पहिचान भएको आयोजकले जनाएको छ। पहिचान भएका बिरामीलाई थप उपचार तथा नियमित स्वास्थ्य निगरानीका लागि आवश्यक परामर्शसमेत प्रदान गरिएको थियो।

स्थानीय नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा विशेषज्ञ स्वास्थ्यकर्मीमार्फत विभिन्न स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सुझाव प्रदान गरिएको थियो।

 

प्रकाशित मिति : २०८३ असार २८ गते आइतबार
प्रतिक्रिया