
यामराज बिष्ट, दैलेख। पछिल्लो समयमा जिल्लाका विभिन्न क्षेत्रमा युवा पुस्तामा लागुऔषध दुर्व्यसनको समस्या बढ्दै गएको पाएको छ । जिल्ला कार्यालय दैलेखले सार्वजनिक गरेको मासिक प्रगति प्रतिवेदन अनुसार अनुसार जिल्लामा लागु औषधको कुलतमा बढी मात्रामा युवाहरु फस्ने गरेका पाएको हो ।
साथीहरूको गलत संगत, बेरोजगारी, पारिवारिक असमझदारी, मानसिक तनाव, जिज्ञासा तथा सामाजिक सञ्जालको नकारात्मक प्रभावका कारण युवाहरू लागुऔषधतर्फ आकर्षित हुने क्रम बढिरहेको जिल्ला प्रहरी कार्यालय दैलेख प्रमुख श्रवण कुमार विकले बताउनुभयो । उहाँले पछिल्लो एक आर्थिक वर्षमा १०जना लागुऔषध दुव्र्यसनीहरुलाई पक्राउ गरी मुद्दा चलाएको बताउनुभयो । उहाँले र जिल्लामा लागु औषधको कुलतमा बढी मात्रामा युवाहरु फस्ने गरेको बताउनुभयो ।उहाँले अभिभावक देखि संघ संस्था देखि स्थानीय तहले लागुऔषध नियन्त्रण सम्बन्धीको थप महत्वपूर्ण जिम्मेवारी हुने बताउनुभयो ।
जिल्लामा देखासिकी साथीभाई लगत लागुऔषधको प्रयोगले युवाको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पार्नुका साथै शिक्षा, रोजगारी र पारिवारिक सम्बन्धमा पनि नकारात्मक प्रभाव परेको सरोकारवालाको भनाइ छ। बरोगार दुव्र्यसनका कारण चोरी, हिंसा, दुर्घटना तथा अन्य आपराधिक गतिविधि बढ्ने जोखिमसमेत रहेको उनीहरूले औंल्याएका छन्।
यस समस्यालाई न्यूनीकरण गर्न स्थानीय तह, विद्यालय, सुरक्षा निकाय तथा सामाजिक संघसंस्थाले संयुक्त रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। साथै, लागुऔषध दुव्र्यसनमा परेका व्यक्तिहरूका लागि परामर्श, उपचार र पुनस्र्थापना सेवामा पहुँच विस्तार गर्नुपर्नेमा जोड दिइएको छ ।
युवाहरू राष्ट्रका महत्वपूर्ण जनशक्ति भएकाले उनीहरूलाई लागुऔषध दुव्र्यसनबाट जोगाउन परिवार,समुदाय र सम्बन्धित निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको सरोकारवालाले बताएका छन्।
जिल्लामा सबै १५ देखि ३०वर्ष उमेर समूहको रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।दैलेख जिल्लामा छिमेकी सुर्खेत जिल्ला लगायत भारत खुल्ला सिमाना रहेको कारण नेपालमा भित्रिने अधिकांश लागुऔषध भारतबाट नेपाल भित्रिने गर्दछ ।
यस्तै जिल्लामा असार महिनामा ५ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखले सार्वजनिक गरेको मासिक प्रगति प्रतिवेदन अनुसार १८ बर्ष भन्दा कम २जना १९देखि ४०बर्ष१जना, ४१देखि६०बर्षका१जना ,६०बर्ष माथिका१ जना रहेको पाएको छ । यसैगरी प्रहरीको तथ्याङ्क अनुसार असार महिनामा जिल्लाका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । असार महिना मात्रै जिल्लामा ५ वटा सवारी दुर्घटना भएको थियो । दुर्घटनामा ४जना घाइते भएका थिए । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरी असार महिनामा ४ लाख४९ हजार ५सयरुपैयाँ राजस्व संकलन गरिएको छ ।








