
दैलेख, साउन ९ गते ।युवाहरूमा ट्राफिक सचेतना अभिवृद्धि गर्दै सुरक्षित सवारीकाे विकास गर्ने उद्देश्यले दैलेख जेसीजद्वारा आयोजित ‘स्लो बाइक रेस’ गरिएको छ। ट्राफिक नियमप्रतिको सचेतना अभिवृद्धि गर्ने उद्देश्यले स्लो बाइक रेस प्रतियोगिता आयोजकना गरिएको जनाएको छ।
युवाहरूमा ट्राफिक नियमप्रति सचेतना बढाउँदै सुरक्षित र जिम्मेवार सवारी संस्कृतिको विकास गर्ने उद्देश्यले स्लो बाइक रेस आयोजना दैलेख जेसीजकी महासचिव रेखा थापाले बताउनुभयो ।उहाँले प्रतियोगिताले गति होइन, धैर्यता, सन्तुलन र ट्राफिक अनुशासनको महत्त्वलाई व्यवहारमै अभ्यास गराउने अवसर प्रदान गरेको उल्लेख गर्नुभयो।

प्रतियाेगितामा सरोज महतारा प्रथम हुँदै रु. १० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो। त्यसैगरी, घनश्याम केसी द्वितीय भई रु. ५ हजार तथा राजेन्द्र खत्री तृतीय भई रु. ३ हजार नगद पुरस्कार प्राप्त गर्नुभयो।
आयोजक दैलेख जेसीजले यस्ता कार्यक्रमले युवाहरूमा जिम्मेवार र सुरक्षित सवारी संस्कृतिको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।कार्यक्रममा ३० जना युवाको सहभागिता रहेको थियो।








