२०८३ साउन १२ , मंगलबार

तीन प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना



 

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने अनुमान छ।

यस्तै, भोलि देशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। भोलि राति भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा अति भारी वर्षा हुन सक्ने महाशाखाको प्रक्षेपण छ। कर्णाली प्रदेशका पहाडी क्षेत्रमा पनि एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

महाशाखाले भोलिसम्म केही स्थानमा मात्र भारी वर्षाको सम्भावना रहे पनि अधिकांश क्षेत्रमा ठूलो वर्षाको जोखिम कम रहेको जनाएको छ। पछिल्ला दिनमा भारी वर्षाको क्रम क्रमशः घट्दै गएको मौसमविद्को भनाइ छ।

प्रकाशित मिति : २०८३ साउन १० गते आइतबार
प्रतिक्रिया