२०८३ साउन १३ , बुधबार

मिनी बस दुर्घटना हुँदा चार जना घाइते



 

यामराज बिष्ट
दैलेख । दैलेखको गुराँस गाउँपालिका–१ मैनिखोलामा मिनी बस दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन्। कर्णाली राजमार्गअन्तर्गत मैनिखोलामा बुधबार बिहान करिब ८ः३० बजे सुर्खेतबाट अछामतर्फ जाँदै गरेको मिनी बस दुर्घटना भएको हो।

सु.प०१–००१ ख ३०७२ नम्बरको मिनी बस सडकबाट करिब ३०० मिटर तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० श्रवणकुमार विकले जानकारी दिनुभयो।

उहाँका अनुसार दुर्घटनामा घाइते भएका चार जनाको प्रारम्भिक उद्धारपछि थप उपचारका लागि सुर्खेत पठाइएको छ। प्रहरीका अनुसार बसमा चालकसहित छ जना सवार थिए। दुर्घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन १३ गते बुधबार
प्रतिक्रिया