
दैलेख, साउन १४ गते। दैलेखमा विश्व हिन्दु परिषद् नारायण नगर कार्य समितिको आयोजनामा गुरु पूर्णिमाको अवसर पारेर हनुमान चालीसा वाचन प्रतियोगिता तथा गुरु सम्मान कार्यक्रम सम्पन्न भएको छ। गुरु पूर्णिमाको अवसरमा हनुमान चालीसा वाचन प्रतियोगिता तथा गुरु सम्मान कार्यक्रम सम्पन्न गरिए हाे।
प्रतियोगितामा १२ जना बटुकले हनुमान चालीसाको वाचन प्रस्तुत गरेका थिए। प्रस्तुतिका आधारमा नवस्थान गुरुकुल शिक्षाका बटुक विमल न्यौपाने प्रथम, हिमालय माध्यमिक विद्यालय डाडिमाडीका बटुक लक्षुमण उपाध्याय द्वितीय, फूलबारी विद्यामन्दिरका बटुक सुजित गौतम तृतीय तथा फूलबारी विद्यामन्दिरकै बटुक आज्ञा थापा सान्त्वना स्थान हासिल गर्न सफल हुनुभयो। आयोजकले सबै सहभागी बटुकको उज्ज्वल भविष्यको कामना गर्दै सम्मान व्यक्त गरेको छ।
कार्यक्रमको सञ्चालन योग गुरु शङ्कर थापाले गर्नुभएको थियो भने अध्यक्षता विश्व हिन्दु परिषद् नारायण नगरका अध्यक्ष कृष्णबहादुर थापाले गर्नुभएको थियो।








