२०८३ साउन १८ , सोमबार

मन्दिर निर्माणका लागि १ लाखभन्दा बढी सहयोग



दैलेख, साउन १८ गते।दैलेखको नारायण नगरपालिका–१, ६ र ७ अन्तर्गत गणेशचोकस्थित निर्माणाधीन श्रीकृष्ण मन्दिर निर्माणका लागि फूलबारी विद्या मन्दिरले १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।श्रीकृष्ण मन्दिर निर्माण उपभोक्ता समितिलाई उक्त रकम हस्तान्तरण गरिएको हो।

मन्दिर निर्माण अभियानमा समुदायको सहभागिता बढाउने उद्देश्यले  सहयोग गरिएको फूलबारी विद्या मन्दिरका संस्थापक शुवास कुमार थापाले बताउनुभयो।उहाँले शिक्षा प्रदान गर्नुका साथै सामाजिक तथा धार्मिक उत्तरदायित्व निर्वाह गर्नु पनि शैक्षिक संस्थाको दायित्व भएको उल्लेख गर्दै स्थानीय धार्मिक सम्पदाको संरक्षणका लागि आफ्नो तर्फबाट सहयोग गरेको बताउनुभयो। मन्दिर निर्माण अभियानमा सबै क्षेत्रको सहभागिताले सामाजिक सद्भाव र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो।
श्रीकृष्ण मन्दिर निर्माण उपभोक्ता समितिले प्राप्त सहयोगका लागि फूलबारी विद्या मन्दिर परिवारप्रति आभार व्यक्त गरेको छ। समितिले समुदायको सहयोग र सहभागिताबाट निर्माणाधीन मन्दिरलाई समयमै सम्पन्न गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित मिति : २०८३ साउन १८ गते सोमबार
प्रतिक्रिया