
दैलेख। दैलेखमा मादक पदार्थ सेवन (मापसे) जाँचमा कडाइ गर्न सुरु गरिएको छ। सवारी दुर्घटनालाई न्युनीकरण गर्न ट्राफिक प्रहरीले मापसे जाँचलाई कडाइ गर्न थालेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) जयसिंह गुरुले ब्रेथलाइजर मेसिनद्वारा मापसे जाँच गर्ने कार्यलाई तीब्र पारिएको जानकारी दिनुभयो। मापसे जाँचलाई तीब्र पारिएसँगै सवारी चालकले मादक पदार्थ सेवन गरे नगरेको पत्ता लगाई आवश्यक कारबाही गर्न थालेको बताउनुभयो।
यता मापसे जाँचमा कडाइ गर्न थालेपछि सवारी चालकहरु थप सचेत बन्न थालेका बताइएको छ। मापसे जाँचमा कडाइ गर्नाले दुर्घटना न्युनीकरण गर्नमा सहयोग पुग्ने अपेक्षा गरिएको उहाँको भनाइ छ।
प्रकाशित मिति : २०८३ साउन १९ गते मंगलबार








