२०८३ भदौ १२ , शुक्रबार

संरक्षणको पर्खाइमा पञ्चदेवल



 


यामराज बिष्ट
दैलेख।  दैलेखको नारायण नगरपालिका–६ स्थित रहेको ऐतिहासिक पञ्चदेवल संरक्षण पर्खाइमा  छ। ऐतिहासिक र पौराणिक महत्व बोकेको पञ्चदेवल वर्षौंदेखि आवश्यक संरक्षण र पूर्वाधार अभाव झेल्दै आएको यो पुरातात्विक सम्पदालाई  संरक्षणको अभाव देखिएको हो।
स्थलको संरक्षण, सौन्दर्यीकरण तथा आवश्यक पूर्वाधार निर्माणका लागि पुरातत्व विभागसँग बजेट माग गरिएको छ। स्थानीय सरकार र प्रशासनले पञ्चदेवललाई जिल्लाको धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित प्रक्रिया अघि बढाएको जनाएका छन्।
दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जिल्लाभित्र रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण अभियान पञ्चदेवलबाट सुरु गरिएको बताउनुभयो। उहाँले स्थानिय तह संग समन्वय काम अगाडी बढाईने बताउनुभयो ।उहाँले आवश्यक बजेट व्यवस्थापनका लागि पुरातत्व विभागसँग समन्वय भइरहेको र संरक्षण कार्यलाई चरणबद्ध रूपमा अघि बढाइने जानकारी दिनुभयो।

यस्तै नारायण नगरपालिका–६ का वडाध्यक्ष जनकप्रसाद न्यौपानेले पञ्चदेवल दैलेखको मात्र नभई देशकै महत्वपूर्ण ऐतिहासिक सम्पदा भएकाले यसको संरक्षणमा सबै पक्षको साझा जिम्मेवारी रहेको बताउनुभयो।उहाँले वडा सरकार संग अभाव भएकाले समस्या भएको बताउनुभयो । उहाँले प्रदेश ,संघ सरकारले ऐतिहासिक र पौराणिक महत्व बोकेको पञ्चदेवलको गर्न चासो नदेखाएको कारण पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नसकिएको आरोप लगाउनुभयो।उहाँले भन्नुभयो, पञ्चदेवललाई व्यवस्थित बनाउन वडा कार्यालयले निरन्तर पहल गरिरहेको छ। पुरातत्व विभागबाट बजेट आएपछि संरक्षण, परिसर व्यवस्थापन, घेराबार, सूचना बोर्ड तथा पर्यटकमैत्री पूर्वाधार निर्माणका काम अघि बढ्नेछन्। यसले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनसँगै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छौं।,,
ऐतिहासिक सम्पदा भए पनि वर्षौंदेखि उचित संरक्षण नहुँदा पञ्चदेवल ओझेलमा परेको स्थानीयवासी शिव कुमार भट्टराईले बताउनुभयो। उहाँले सम्पदाको नियमित सरसफाइ, सुरक्षा र संरक्षणमा स्थानीय समुदायलाई पनि सहभागी गराउनुपर्ने बताउनुभयो। उहाँले संरक्षण सके गर्न सके यस क्षेत्रको महत्व थप बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो,, आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन्, तर पर्याप्त पूर्वाधार छैन। संरक्षण र प्रचारप्रसारमा जोड दिन सके दैलेखको पहिचान अझ बलियो बन्नेछ।,,
भूर्तीमा रहेको पञ्चदेवल जहाँ पच्चीस साना ठुला देवल रहेका छन् । पञ्चदेवल मध्यकालीन वास्तुकलाको उत्कृष्ट नमुनाका रूपमा परिचित छ। एउटै परिसरमा पाँचवटा ढुंगाका मन्दिर रहेको यो सम्पदा ऐतिहासिक, धार्मिक र सांस्कृतिक दृष्टिले विशेष महत्व राख्छ। यसलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रयास भइरहेका बेला संरक्षण र व्यवस्थापन प्रभावकारी बनाउन स्थानीयवासीले सम्बन्धित निकायसँग अपेक्षा गरेका छन्। करिब १८ वर्ष लामो प्रतीक्षा र निराशापछि पुरातात्विक महत्वको यस पञ्चदेवललाई ‘संरक्षित स्मारक क्षेत्र’ बनाउने र विश्व सम्पदा सूचीको यात्रामा अगाडि बढाएको नारायण नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८३ साउन २० गते बुधबार
प्रतिक्रिया