२०८३ भदौ २६ , शुक्रबार

भूमी समस्या समाधान गर्न अन्तरक्रिया



 

दैलेख साउन २२ गते । दैलेख जिल्लामा भूमि समस्या समाधान समितिले भूमी सम्बन्धी समस्या र समाधानका विषयमा अन्तरक्रिया गरेको छ । समितिले भूमि समस्या समाधान आयोगका काम कारवाहीबारे सरोकारवाला, राजनितिक दल र कर्मचारीबीच अन्तरक्रिया कार्यक्रम हो ।

समितिका अनुसार जिल्लाका ११ स्थानीय तहअन्तर्गत ९० वडामध्ये हालसम्म ४० वटाले मात्र ३५ दिने सूचना प्रकाशन गरेका छन्। बाँकी ५० वडाले सूचना ननिकालेका कारण भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणको प्रक्रिया प्रभावित बनेको छ।

जिल्ला प्रशासन कार्यालयमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी आनन्द सारुले वडा तहबाट सूचना प्रकाशन, नापजाँच र सिफारिसको काम समयमै सम्पन्न नभए सरकारले तोकेको २०० दिनभित्र लालपुर्जा वितरण गर्न कठिन हुने बताउनुभयो। उहाँले स्थानीय तह र वडालाई जिम्मेवारीअनुसार आवश्यक प्रक्रिया शीघ्र अघि बढाउन आग्रह गर्नुभयो।

समितिका अनुसार जिल्लाभर भूमि प्राप्तिका लागि तीन हजार ७ सय ५७ निवेदन परेका छन्। तीमध्ये ५८ निवेदन अस्वीकृत भएका छन् भने तीन हजार ६ सय ९९ परिवारका निवेदन हाल प्रक्रियामा रहेका छन्।

समितिले स्थानीय तहका जनप्रतिनिधिलाई भूमि समस्या समाधानसम्बन्धी अभिमुखीकरण, विगतका कार्यको समीक्षा, तथ्याङ्क प्रविष्टि तथा प्रमाणीकरणलगायतका कार्य अघि बढाइएको जनाएको छ। कार्यक्रममा सहभागीले बाँकी वडाबाट सूचना प्रकाशन गरी लालपुर्जा वितरणको प्रक्रिया छिटो अघि बढाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रबार
प्रतिक्रिया